Tuesday, May 14, 2024

-->

भारतमा उपचारपछि फर्किए राष्ट्रपति

भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका छन्।

भारतमा उपचारपछि फर्किए राष्ट्रपति
फाइल तस्वीर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। 

पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।
 
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उनको उपचार भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गएको वैशाख ६ गते उपचारका लागि भारत गएका थिए।

राष्ट्रपति पौडेल गत चैत १८ गते पनि पेटमा समस्या भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। चिकित्सकहरूकै सल्लाहमा उनी उपचारका लागि भारत गएको राष्ट्रपति कार्यालयले जनाएको थियो।


सम्बन्धित सामग्री