Saturday, May 04, 2024

-->

त्रिवि शिक्षण अस्पतालमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।

त्रिवि शिक्षण अस्पतालमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण
कलेजो प्रत्यारोपण गर्ने टिम। फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।

३० वर्षीया श्रीमतीबाट ३१ वर्षीय श्रीमानमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए। यसअघि कलेजो प्रत्यारोपण गरिएका विरामीको ‘लिभर सिरोसिस’ भएको, यसपटक भने कलेजोको क्यान्सर भएका बिरामीमा प्रत्यारोपण गरिएको उनले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा यसअघि भएका ९ वटै कलेजो प्रत्यारोपण सफल भएका थिए। अस्पतालमा भण्डारीकै पहल र नेतृत्वमा कलेजो प्रत्यारोपण शुरू गरिएको हो।


सम्बन्धित सामग्री