मेयर महर्जनले ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्ट वरपरको जमिन भासिएर घरहरू भत्किनुमा निर्माण कम्पनी दोषी रहेको बताएका छन्।
काठमाडौँ– ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्ट वरपरको जमिन भासिएर घरहरू भत्किएपछि अनुगमन गर्न पुगेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले निर्माण कम्पनी दोषी रहेको बताएका छन्।
मेयर महर्जनले चौधरी समूहले नक्सापास नगरी समिट अपार्टमेन्ट बनाएको बताए। “यसमा नक्सापास केही पनि छैन। यसको व्यवस्थापन शतप्रतिशत दोषी छ,” उनले भने।
उनले दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले ललितपुरको मेयरका नाताले आफूले सक्ने जति सबै प्रक्रिया अपनाउने बताए। “पहुँचवाला मान्छेलाई कानूनी प्रक्रिया नलाग्ने अरूलाई लाग्ने भन्ने हुँदैन। कानूनकाे दृष्टिमा सबै बराबर हो। यसमा मेयरको हैसियतमा मैले गर्ने सबै कुरा गर्छु,” उनले भने।
शुक्रबार राति ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्टको छेउछाउमा रहेका भवनहरू भासिएका थिए। एक्कासि घरहरू भासिन थालेपछि स्थानीयको भागाभाग भएको थियो। स्थानीयले आफूहरूलाई थाहा नदिई र अनुमति पनि नलिई अपार्टमेन्ट बनाइएको बताएका छन्।
निर्माण कम्पनीले आफूहरूको आग्रहलाई बेवास्ता गर्दै जमिन खन्दा वरपरको घर भासिएको स्थानीयहरूले बताएका छन्। उनीहरूले वडा कार्यालयले पनि निर्माण कम्पनीले अपार्टमेन्ट बनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूरा गरे/नगरेको अनुगमन नगर्दा क्षति बेहोर्नुपरेको मेयर महर्जनसामु गुनासो गरेका थिए।
मेयर महर्जनले अपार्टमेन्टका छिमेकीहरूसँग १५ दिनमा सन्धिपत्र गरिने आश्वासन दिए। उनले भने, “नक्सापास गर्ने बेला छरछिमेकीलाई १५ दिने सन्धिपत्र दिइन्छ।”
उनले अपार्टमेन्ट वरपरको जमिन भासिएको विषयलाई लिएर नगरपालिकाको कार्यालयमा त्रिपक्षीय छलफल गर्न लागिएको बताए। सो ठाउँमा चौधरी ग्रुपले अपार्टमेन्ट निर्माण गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
