Tuesday, May 14, 2024

-->

सावित्राको गोलमा हारबाट जोगियो नेपाल

इन्ज्युरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।

सावित्राको गोलमा हारबाट जोगियो नेपाल

काठमाडौँ– इन्ज्युरी समयमा गोल गर्दै सावित्रा भण्डारीले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई हारबाट जोगाएकी छिन्।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा बिहीबार सम्पन्न खेलमा अग्रता नेपालले घरेलु टोलीलाई १-१ गोलको बराबरीमा रोकेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गरेका थिए।

खेलको ६५औँ मिनेटमा सबिना खातुनको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। तर, इन्ज्युरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।


सम्बन्धित सामग्री