सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेश भ्रमणका लागि अनुमति दिन अस्वीकार गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति नदिने आदेश गरेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनलाई विदेश भ्रमणका लागि अनुमति नदिने आदेश गरेको हो।
लामिछानेले क्रिकेट खेल्न विदेश जान पाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए। सन्दीपलाई यसअघि उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो।
लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले लामिछानेलाई विदेश जान अनुमति दिने नदिनेभन्दा पनि इजलासले यसै मुद्दासँग जोडिएको अर्को मुद्दालाई पनि एकसाथ राखेर आइतबार पेस गर्न आदेशमा भनेको जानकारी दिए।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो। उनीविरुद्ध भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी हुँदा सन्दीप सीपीएल टोली जमैका तल्लावाजसँग वेस्ट इन्डिजमा थिए। लगत्तै क्यानले उनलाई निलम्बन गरेको थियो।
उनी असोज ६ गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत, पाटनले सन्दीपलाई शर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै सन्दीपलाई मंगलबार सम्पन्न लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजमा ६ महिनापछि पुनरागमन गराएको थियो। उनले ४ खेलमा १३ विकेट लिएका थिए।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि नेपाली टोली शनिबार यूएई भ्रमणका लागि प्रस्थान गर्ने तयारी छ। उक्त टोलीसँगै आफू पनि यूएई जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा निवदेन दिएका थिए। तर सर्वोच्चले उनलाई विदेश जान अनुमति दिन अस्वीकार गरेको हो।
नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनिसँग ४ खेल खेल्ने छ। नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग पहिलो खेल खेल्ने छ। फागुन १८ मा घरेलु टोलीसँग र फागुन १९ मा पुनः पपुवा न्युगिनीसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
