Wednesday, May 01, 2024

-->

सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर बिस्फोट भएकाे भण्डारीका सहयाेगी भुवन भुसालले बताए।

सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते आईसीयूमा उपचार हुँदै

काठमाडौँ– ग्यास सिलिन्डर विस्फोट हुँदा गुल्मी–१ का सांसद तथा कांग्रेस नेता डा. चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन्।

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर विस्फोट भएको भण्डारीका सहयोगी भुवन भुसालले बताए। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सांसद भण्डारी र उनकी ८६ वर्षिया आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

“माननयिज्यूको शरीरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशतभन्दा धेरै भागमा असर परेको छ। दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ,” चिकित्सकलाई उद्‌धृत गर्दै उनका सहयोगी भुवन भुसालले भने। 


सम्बन्धित सामग्री