रूपन्देही-३ बाट राप्रपाका दीपक बोहोरा विजयी, गृहमन्त्री बालकृष्ण खाँण पराजित

रूपन्देही-३ बाट गृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित भएका छन्।

काठमाडौँ– रूपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा विजयी भएका छन्। 

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा राप्रपाका बोहोरा निर्वाचित भएका हुन्।

बोहोराले खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरे भने खाँणले ३४ हजार ३६ मत पाए। 

खाँण वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए भने बोहोरालाई एमाले, राप्रपा र जसपाको साथ थियो।