मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्।
काठमाडौँ– मोरङ–२ बाट नेकपा एमालेका उम्मदेवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गर्दै एमाले नेता पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
शुक्रबार साँझ सकिएको मत गणनामा पोखरेलले ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरिन्।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका डा. मीनेन्द्र रिजाल निर्वाचित भएका थिए। त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता पोखरेल निर्वाचित भएका थिए।
कांग्रेस नेतए सुजाताका पिता गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएर देशको प्रधानमन्त्रीसमेत बनेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
