ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।
काठमाडौँ– यदि तपाईं बौद्धको नयाँ बस्तीतिर पुग्नुभयो भने ज्ञानेन्द्र सुनारलाई तामा पिटिरहेको अवस्थामा देख्नुहुन्छ । तर उनको पिटाइले तामा रिसाउँदैन, उल्टै सुन्दर भाँडाकुँडामा बदल्छ।
उनी पेसाले शिल्पकार हुन्। १५ वर्षदेखि शिल्पकलाको काम गर्दै आएका ज्ञानेन्द्रले सानैदेखि तामाको गाग्री, करुवाहरू बनाउन सिके। तर अन्य भाँडाकुडाको तुलनामा उनले बनाएको टिप्ली धेरै चर्चित छ।
टिप्ली’ चीनबाट आएको शब्द हो। यसको प्रयोग नेपालमाभन्दा चीन र भारतमा बढी हुन्छ। उनले बनाएका टिप्लीको ग्राहक पनि नेपालीभन्दा विदेशी नै बढी छन् ।
तीन कक्षासम्म पढेका सुनारले पैसाको अभावपछि पढाइ छाडे अनि तामाका भाँडा बनाउन थाले। पहिले पटक तामाको टिप्ली बनाउँदाको अनुभव भने अलि नमिठो छ उनको। पुरानो दिन सम्झिँदै सुनारले भने, "तीन–चार पटकसम्म बनाउँदा पनि जस्तो टिप्ली बन्नुपर्ने हो त्यस्तो बनेन जसले गर्दा साहुको गाली पनि खानुपर्यो।"

जति नै गाली खाए पनि उनले हार मानेनन्। आकारबिनाको तामालाई टिप्लीमा ढाल्न सफल भएरै छाडे उनी। "अहिले त्यही टिप्लीले दिएको धनले जीवन धानिरहेको छु," सन्तुष्ट सुनिएका सुनारले भने, "आफूले धेरै पढ्न नपाए पनि छोराछोरीलाई भने तामाको टिप्लीबाटै कमाएर राम्रो शिक्षा दिन सफल भइयो, यही नै मेरो सफलता हो जस्तो लाग्छ।"
ज्ञानेन्द्र मात्रै होइन, उनका छोराछोरी पनि शिल्पकलामा झुकाव राख्छन्। उनकी ठूली छोरीको बढी रुचि संगीतमा छ। प्रसन्न हुँदै उनले भने, "मेरी छोरीले आफैँ पनि गीत गाइसकेकी छन्। छोराले चाहिँ ललितपुरको लुभुमा मेरोजस्तै काम गर्छ। उसले त मैलेभन्दा राम्रो टिप्ली बनाउँछ, त्यसमा बुट्टा पनि भर्छ। एकदम मास्टर पिस मात्र बनाउँछ।"
अहिलेका युवाले काम गर्न अल्छी मान्ने गरे शिल्पकलाप्रति छोराको लगाव देखेर सन्तुष्ट भएक ज्ञानेन्द्र भन्छन्, "अहिलेका युवाहरू सीप सिक्न खासै खोज्दैनन्। आफूसँग केही कला या सीप हुनुपर्छ भन्ने भाव मनमा राख्दैनन्। तर मेरा छोराछोरीले आफ्नो बाटो समातेका छन्।"
नयाँ बस्तीमा विदेशीहरू घुम्न कमै जान्छन्। तथापि उनका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। ज्ञानेन्द्रका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
