गुल्मीकाे मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानीय खानेपानीकाे जाेहाे गर्न दिनहुँ दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।
गुल्मी– मदाने गाउँपालिका– ६ पुर्कोट दहकी पवित्रा विककाे (५८) हरेक बिहान पानीको जोहो गर्दागर्दै बित्छ।
पानी लिन उनी एक घण्टा हिँडेर फुर्कोट थाम्का पुग्छिन्। गाग्रामा पानी भरेर ल्याउँछिन्। खाना पकाउँछिन्। गिट्टी कुट्न छिर्नी जान्छिन्। १२ वर्षदेखि उनको यो नियमित दैनिकी हो।
पवित्राले ४६ वर्षको उमेरमा श्रीमान गुमाइन्। त्यसपछि घर खर्च टार्न गिट्टी कुट्न थालिन्। जसोतसो गुजारा चलाइरहेकी छन्। पानीको मात्रै सहज आपुर्ति भए दैनिकी धेरै सहज हुने उनको भनाइ छ। “धेरै पटक नेताहरूले आएर पानीको माग पुरा गर्छौं भनेर आश्वासन दिए”, उनी भन्छिन्, “स्थानीय सरकारले पनि समस्या समाधानमा चासो देखाएन।”
गाउँकै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ। खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताबीच उनको पनि घरखर्च चलाउन गिट्टी कुट्नुपर्ने बाध्यता छ। “हामीलाई त चुनाव पनि लागेको छैन। भोट माग्न पनि अहिलेसम्म होकी आएका छैनन्,” उनले भनिन्। कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने थियौं।
“हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौं”, गिट्टी कुट्दै गरेकी उनले भनिन्, “चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन।” उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्ट उम्मेदवार छन्। थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे।
अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पुर्याउन लिफ्टिङ आयोजना निर्माण पुगेको छ। केही दिनमै समाधान हुने उनले जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
