Tuesday, April 30, 2024

-->

कुनै समय गार्डको जागिर खान ‘पुलअप’ गर्न नसकेका केन्टाले विश्व रेकर्ड नै राखे

असफलताले कसैलाई निराश बनाउँछ भने कसैलाई थप केही गर्ने प्रेरणा पनि मिल्छ। जापानका केन्टा अदाचीलाई यस्तै प्रेरणा मिल्यो।

कुनै समय गार्डको जागिर खान ‘पुलअप’ गर्न नसकेका केन्टाले विश्व रेकर्ड नै राखे

असफलताले कसैलाई निराश बनाउँछ भने कसैलाई थप केही गर्ने प्रेरणा पनि मिल्छ। जापानका केन्टा अदाचीलाई यस्तै प्रेरणा मिल्यो।

कुनै समय गार्डको जागिर खाँदा पुलअप पनि गर्न नसकेका केन्टाले सबैभन्दा धेरै पुलअपको विश्व कीर्तिमान कायम गरेका छन्। उनले २४ घण्टामा सबैभन्दा धेरै पुलअपमा यसअघिको विश्व कीर्तिमानी तोडेका छन्। केनले २४ घण्टामा नाै हजार पुलअप गरेर ८ हजार ९४० पुलअपको अस्ट्रेलियाका नागरिक ग्यारी लोयडको कीर्तिमानी तोडेका हुन्। केन्टाले यसअघि २०२२ मा लगातार सबैभन्दा धेरै ६५१ पुलअप गरेर नयाँ विश्व रेकर्ड कायम गरेका थिए।

यति धेरै पुलअप गर्ने केन्टा खेलकुदमा सक्रिय होलान् भन्ने लाग्ला। तर उनी आफ्नो जीवनको अधिकांश समय खेलकुदमा गएका छैनन्। सन् २००७ मा, केन्टाले जापान कोस्ट गार्डमा काम गर्न थाले। जसमा उनले खेलकुद परीक्षा दिनुपर्दा नराम्रो अनुभव भोग्नुपर्‍यो।

“म पुलअपमा राम्रो थिएनँ, र मैले परीक्षामा २१ मध्ये १२ अंक मात्र प्राप्त गरेँ। मलाई अझै पनि स्पष्ट रूपमा याद छ कि म कति निराश थिएँ,” उनले भने।

त्यसबेलादेखि, केन्टाले आफ्नो पुलअप सुधार्न दिनदिनै अभ्यास गर्न थाले। त्यही दिनदेखि उनले अभ्यास बढाए। उनले आफूले गरेको पुलअपको मिति र संख्या डायरीमा टिपोट गरेर राख्न थाले।

सन् २०१५ को जुनमा उनले ८० पुलअप गरेका थिए। २०१६ मा १०० पुलअप गर्न सके। उनी रोकिएनन्। सन् २०२१ मा त उनले लगातार पुलअपको रेकर्ड नै तोड्ने गरी तयारी गरे। र त्यो तोड्न पनि सफल भए। त्यसपछि उनको नजर २४ घण्टामा सबैभन्दा धेरै पुलअप गरेर विश्व रेकर्ड तोड्नु थियो। 

“त्यहाँ धेरै पुलअप रेकर्डहरू छन्, जसमा २४ घण्टाको रेकर्ड सबैभन्दा शीर्षमा छ, सबै पुलअप रेकर्डहरूको राजा जस्तो लागेर मैले त्यो रेकर्ड पनि तोड्ने निधो गरेँ र अन्ततः सफल भएँ,” उनले भनेका छन्।


सम्बन्धित सामग्री