Monday, April 29, 2024

-->

हंसमुखी डुंगामा भालुको सवारी

पार्क घुम्न जाने पर्यटकहरूले ती भालुलाई भाग्यमानी भालु भन्ने गरेका छन्।

हंसमुखी डुंगामा भालुको सवारी

बेलायतको बेफोर्डसायरस्थित 'वोबर्न सफारी पार्क'को तालमा चार युवा भालुले हंसमुखी डुंगामा चढेर सवारीको आनन्द उठाएका छन्। 

निरन्तर वर्षाका कारण त्यहाँ पानीको सतह बढेसँगै हार्वर्ड, मेपल, कोलोराडो र एस्पेन नामका ती भालु दैनिकजसो डुंगामाथि चढेर सवारीको आनन्द लिने गरेका बीबीसीले जनाएको छ। त्यो पार्क घुम्न जाने पर्यटकहरूले ती भालुलाई भाग्यमानी भालु भन्ने गरेका छन्। भारी वर्षाले गर्दा पार्कको गहिरो भागमा पानी जम्मा भएपछि वोबर्न सफारी पार्कका संरक्षकहरूले पानीमा हंसमुखी डुंगा राख्ने निर्णय गरेका थिए।

कालो भालु उत्तरी अमेरिकाको जंगलमा पाइने सामान्य भालु हो, जहाँ उनीहरूको लागि डुंगा भेटाउनु सम्भव हुँदैन। तर पार्कमा यस्तो डुंगा देख्दा ती भालुले त्योसँग भरपुर रमाइलो गरे। पार्कका कर्मचारी टमी बेबिंगटनका अनुसार आफ्नो बासस्थानमा नौलो वस्तु देखेर शुरूमा त भालुहरूले उक्त डुंगालाई नियाले। तर धेरै नपर्खी उनीहरू एक-एक गरेर डुंगामा चढ्न थाले। 

"उनीहरूलाई बोर्डमा चढेको देख्दा आगन्तुकहरूका लागि यो ठूलो रमाइलो थियो," उनले भने, "हामी खाना, सुगन्ध र बासस्थान संवर्धन प्रदान गर्न नयाँ तरिकाहरू खोज्न मन पराउँछौं जसले उनीहरूको प्राकृतिक चारा व्यवहारलाई उत्तेजित गर्छ।"


सम्बन्धित सामग्री