AnonymousUser

Logout

मेसिन बिग्रिएपछि १ वर्षदेखि राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ सेवा प्रभावित

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको थियो। त्यसपछि अस्पतालमा सिटीस्क्यान सेवा शुरू भएको थियो।

इजरायल–इरान तनावको प्रभाव: तेलको मूल्यमा तीव्र वृद्धि

तेल कम्पनी र ऊर्जा विशेषज्ञले द्वन्द्व अझै चर्किएको अवस्थामा यसले विश्वव्यापी ऊर्जा पूर्वाधारमा ठूलो असर पार्न सक्ने बताएका छन्।

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ

संघ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फर्छ्यौट हुनै सकस

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सरकारवादी मुद्दा संघीय सरकारको प्रतिनिधिले मात्र चलाउने व्यवस्था भएपछि वन तथा पैदावारसँग जोडिएको मुद्दा फर्छ्यौटमा समस्या देखिएको छ।

तेहरान नजिकैका रिफाइनरी र तेल डिपो इजरायलको निशानामा

इजरायल र इरान दुवैले द्वन्द्व बढाउने योजना बनाएको संकेत गरेका छन्, जसका कारण लगातार पाँच दिनसम्म दुवै पक्षले क्षेप्यास्त्र हानाहान गरेका छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

स्कटल्यान्डविरुद्ध नेपाल २ विकेटले विजयी

करण केसीले यही खेलमार्फत टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्।

चैतेधानको उत्पादन बढ्दा मूल्य आधा घट्यो

बेलबारी–११, भाङबारीका किसान वीरेन्द्र खत्री भन्छन्, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूसको मूल्य ८०० रुपैयाँ मन हुँदा चैतेधान ६०० रुपैयाँ छ।’

स्कटल्यान्डविरुद्ध ९८ रनको लक्ष्य पछ्याउँदै नेपाल

घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।

स्याङ्जामा नदी संरक्षण अभियन्तामाथि वडाध्यक्षले गरे कुटपिट

विरोध कार्यक्रमबाट फर्किँदै गर्दा वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालसहितका व्यक्तिले आफूहरूमाथि आक्रमण गरेको नदी संरक्षण अभियन्ता दिनकर नेपालको भनाइ छ।

भारतद्वारा आफ्ना नागरिकलाई तेहरान छोड्न चेतावनी जारी

इजरायल र इरानबीच तनाव बढ्दै गएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छोड्न चेतावनी जारी गरेको छ।

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ। ११ महिना स्वदेशी तथा विदेशी पर्यटक गरी ६ लाख ७८ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ। 

साढे २ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा यातायात कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध दुई करोड ५१ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘तेल थपेको’ चीनको आरोप

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘तेल थपेको’ आरोप लगाएको छ।

९ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक ९ वर्ष बित्दासमेत निर्माण सकिएको छैन।

नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा: विश्व बैंक

विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ।

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा विनयी खोलाको बाढीले डाइभर्सन नै बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य छ।

ठेकेदारको लापरबाहीले गोलबजार–लगडी–गदियानी सडक अलपत्र

सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।