AnonymousUser

Logout

कुटपिटमा संलग्न ४ ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

एक पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै छानबिन थालेको जनाएको छ।

पाकिस्तानद्वारा भारतसँगका द्विपक्षीय सम्झौता, हवाई क्षेत्र तथा व्यापार स्थगनको घोषणा

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

रुसी क्षेप्यास्त्र आक्रमणबाट किभमा ९ जनाको मृत्यु, ६३ घाइते

आपत्कालीन सेवाका अनुसार अस्पतालमा भर्ना भएका ४२ जनामध्ये ६ जना बालबालिका छन्। आक्रमणबाट राजधानीका पाँच जिल्लामा असर परेको छ भने प्रशासनिक भवनमा आगलागीसमेत भएको छ।

नेप्से परिसूचकमा ४ दिनपछि सामान्य अंकको वृद्धि

बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८७ करोड बराबरको शेयर कारोबार भएको छ।

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

स्वास्थ्यमन्त्रीले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्।

नहर मर्मत गर्न भारतीय पक्षले पानी बन्द गर्दा गण्डक जलविद्युत् केन्द्रको उत्पादन रोकियो

भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

बुधबार राति वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

शिक्षक आन्दोलनमा राजनीतिः दलहरूका आ–आफ्नै दाउपेच

नयाँ संविधान बनेयता चौँथो पटक शिक्षकहरू आन्दोलनमा छन्। यसअघि तीन पटक आन्दोलन हुँदा सरकारको नेतृत्वमा क्रमशः एमाले, कांग्रेस र माओवादी थिए। शिक्षकको आन्दोलनमा कसरी घुसेको छ राजनीति?

मुस्ताङको च्यांग्रा फार्म: नश्ल सुधारका साथै अनुसन्धानस्थल बन्दै

स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। अब भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

आईपीएलमा मुम्बईको लगातार चौथो जित

मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो। हैदरावादको भने यो छैटाैँ हार हो।

विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना

कोशी र गण्डकी प्रदेशको पहाडी भेगका साथै कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने माैसम पूर्वानुमान गरिएको छ।

दशरथ रंगशालामा रोबर्टो कार्लोसको ‘फ्रि किक’ (तस्वीरहरू)

जारी नेपाल सुपर लिगका लागि विशेष अतिथिको रूपमा नेपाल आएका फुटबलर कार्लोसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर खेलाडीको हाैसला बढाएका छन्।

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

तीनकुने घटनामा मृत्यु भएका सविन महर्जन तथा पत्रकार सुरेश रजकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउनेबाहेक यस्ता छन् गत सोमबारको मन्त्रिपरिषद‍्का निर्णय।

दुर्गा प्रसाईंले बैंकलाई तिरेनन् ७ अर्ब २५ करोड, अघि बढ्यो सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा अनुसन्धान

राष्ट्रबैंकको पत्राचारपछि सीआईबीले प्रसाईंविरुद्ध बैंकिङ कसुर र कालो धनसँग जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पाैडेलले बुधबार रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

तामाङले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए।

डेमोक्रेटमा ‘स्पेस’ बनाइरहेकी एओसी

एओसी ट्रम्पको खरो आलोचक हुन्। डेमोक्रेटहरूले ट्रम्पविरूद्ध बोल्ने एक बलियो र इमानदार आवाज भेटेका छन्। उनी आफ्नै पार्टीको पनि प्रखर आलोचक हुन्, तर उनलाई त्यहाँ ठूलो सहयोग छ।

रघुजी पन्त शिक्षामन्त्री बन्दै

प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री बनाउने निर्णय गरेको उनका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए।