निर्वाचनपछि मतगणना सम्पन्न भई देश नयाँ सरकार गठनको संघारमा रहेको बेला अर्जुननरसिंह केसीले प्रतिपक्षी लगायत सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन्।
ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। साे भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।
सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।
काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण अलपत्र पार्ने र आपूर्ति गर्न नसक्ने १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।
फिफा विश्वकप फुटबल २०२२ काे उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फाइनल पुगेकाे हाे।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको थियो।
अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।
बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्।
विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।
रेशम चौधरीलगायत टीकापुर घटनामा सजाय भोगिरहेकाहरूलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारू समुदायले माइतीघरमा प्रदर्शन गरेको छ।
अध्यक्ष तिमिल्सिनाले छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताएका छन्।
नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पुर्याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताएका छन्।
रास्वपा सभापति लामिछानेको नागरिकता विवादलाई लिएर उनको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।
कांग्रेस नेता पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई संसदीय दलको नेता चयनका लागि सघाउन आग्रह गरेका छन्।
सरकारले कतिपय वस्तु आयातमा लगाएको प्रतिबन्धका कारण तेस्रो मुलुकबाट आउने सामान घट्दा व्यापार लागतसँगै बजार भाउ पनि बढेको व्यापारीहरू बताउँछन्।
मेलम्चीकाे पानी वितरणका लागी बनाइएका १० मध्ये आठ वटामा पानी पुगिसकेको छ। बाँकी दुईवटामा चार दिनभित्र पुग्ने केयूकेएलले जनाएकाे छ।