AnonymousUser

Logout

प्रधानमन्त्री दाहालको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

सांसदको टिकट नपाएपछि असन्तुष्ट रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका छन्।

महिना दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई पर्यटनमन्त्रीकाे निर्देशन

सोमबार नेपाल वायु सेवा निगमको कार्यालय निरीक्षण गर्दै पर्यटनमन्त्री सुदन किराँतीले एक सेकेन्डको पनि ठुलो महत्त्व हुने भएकाले तोकिएको समयमै जहाज उडाउन निर्देशन दिएका छन्।

क्रिकेटर महबुब आलम र आदिल अन्सारी स्पट फिक्सिङको आरोपमा पक्राउ

सीआईबीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ।

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री

साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए।

प्रदेशहरू स्वायत्त हुन्, केन्द्रले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको बताएका छन्। 

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँले बढेको छ।

रानी जमरा सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम

रानी जमरा कुलारिया सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै विश्व बैंकले लगानीबाट हात झिक्ने बताएको छ। 

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ। 

इंग्लिस प्रिमियर लिग: आर्सनलद्वारा युनाईटेड पराजित 

आर्सनल १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा यथावत् छ। २० खेलमा ३९ अंक बनाएको युनाईटेड चौथो स्थानमा छ।

गौचरन भयो काँगेलडाँडा विमानस्थल, ७ वर्षयता उडान ठप्प

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले सञ्चालन गर्ननसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पश्चिमी निम्नचापीय प्रणाली नेपाल प्रवेश गर्दै, रातिदेखि वर्षाको सम्भावना

तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ। 

सोमबारदेखि देशभर वर्षा हुने

यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।

रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

यू–१९ विश्वकपको एशियाली छनोटका लागि टोली घोषणा

क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर टुंग्याइने बताए।

असहज अवस्थामा अर्थतन्त्र : पहिलो ६ महिनामै ८६ अर्ब घाटा, समस्यामा आन्तरिक वित्त व्यवस्थापन

गत आर्थिक वर्षको तुलनामा पहिलो ६ महिनामा राजस्व घटेको छ। सरकारले गरेको समग्र आम्दानीभन्दा खर्च बढी भएको कारण आन्तरिक वित्त व्यवस्थापन असन्तुलित भई संकटमा फस्न सक्ने विज्ञहरूको भनाइ छ।

प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्यो– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएको बताएका छन्।

अमेरिकाको क्यालिफोर्नियामा गोली प्रहार, १० जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स स्टुडियोमा भएको अन्धाधुन्ध  गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिस्तार हुँदै विद्युतीय सवारीको बजार, पूर्वाधारमा अझै समस्या

विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोग बढाउने र आयातित पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने सरकारको नीति भए पनि त्यसका लागि आवश्यक पूर्वाधार तयार हुन सकेको छैन।

भावी कार्ययोजनाबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।