वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले आवश्यक सतर्कता विभागले अनुरोध गरेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगर प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ।
जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले जालमा परेका माछाले जीविका धान्न कठिन हुन थालेको बताइन्। अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने उनको भनाइ छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहाराविहीन बालबालिकाको संरक्षणका लागि राज्यले नेपाल बाल संगठनलाई प्रदान गरेको जग्गा ‘कर्पोरेट हाउस’लाई वर्षौंका लागि लिजमा दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
नेपालगन्ज म्याराथनको दशौँ संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले र महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन्।
जनकपुरधामको राराब क्याम्पसमा न भर्ना भएको विद्यार्थी नियमित हुन्छन्, न शिक्षक नै कक्षाकोठामा भेटिन्छन्। विद्यार्थी संगठन र प्रशासन 'दाहिना' भएपछि परीक्षा दिने विद्यार्थी उत्तीर्ण भइहाल्छन्।
एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भएकाले स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको कृषक खेमराज जोशीको भनाइ छ।
एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीको पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो।
त्यो रूखको धमिलो तस्वीर अहिले पनि मस्तिष्कमा चलिरहेको छ– तर ‘एचडी’ हैन, ४८०–पी गुणस्तरको तस्वीर। ठ्याक्कै याद छैन, उनको बारीको कतापट्टी थियो त्यो रूख।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायो।
प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ।
घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।
कसैले कुचोको बिल बनाएर एक/दुई सय खाला, कसैले सडकको बिल बनाएर करोडौँकरोड खाला, बिटुलिन त प्राय: सबै बिटुलिएकै छन्।
अधिकांश अलपत्र पारिएका ठेक्काको चार पटकसम्म म्याद थप गरिएको पाइएको छ। अति जरुरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेका छन्।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।