AnonymousUser

Logout

भासिएको ४ महिनापछि सञ्चालनमा आयो कमलादीको सडक

सडक भासिएर क्षतिग्रस्त बनेको इच्छुमती (टुकुचा) खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो।

विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी

एनपीएलको इतिहासमै पहिलो सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हराएको हो।

सुर्खेतको ‘नमूना’ बसपार्कः ठेकेदार भागेपछि व्यवसायीले तिर्न छाडे भाडा, नगरपालिका निरीह

कर्णाली प्रदेशकै ‘नमूना’ भनिएको बसपार्क सञ्चालन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विरेन्द्रनगर नगरपालिका बसपार्कका व्यवसायीबाट आफैंले तोकेको भाडा उठाउन सकिरहेको छैन। 

कुमारी घरबाट चोरिएको काष्ठ–तोरन पेरिसमा फेला 

सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।

कुनै समय अमेरिकाको टाउको दुखाई बनेका हक्कानी, मारिए आत्मघाती हमलामा

अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो। हक्कानी नेटवर्क अमेरिकामा 'विदेशी आतंकवादी संगठन' को सूचीमा छ।

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

एनपीएल: आज पहिलो खेल पोखरा–विराटनगर तथा दोस्रोमा काठमाडाैँ–जनकपुर खेल्ने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।

निराशाको जरोचुरो

मान्छे राजनीतिक चेतयुक्त हुँदै गएपछि, देशदुनियाँसँग तुलना गर्दै आफ्नो अवस्थाको मूल्यांकन गर्ने भएपछि र आफू ठगिएको/हेपिएको महसुस गर्न पुग्यो भने बढी निराश हुने रहेछ।

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

साउदी अरेबियाले २०३४ को फिफा फुटबल विश्वकप आयोजना गर्ने

यस्तै स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ।

विदेशमा रहेका सिरियालीलाई स्वदेश फर्कन नवनियुक्त प्रधानमन्त्रीको आह्वान

सिरियाको नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्।

साढे ७ वर्ष कैद माग गर्दै दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

सरकारी वकिल कार्यालयले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ। 

तनहुँको घिरिङ र बन्दीपुरमा २ सबस्टेसन सञ्चालनमा

तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर–६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

सोरोसलाई शैतान ठान्ने भारतीय सत्ता

जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनले नेपाल र भारतसहित १२० भन्दा धेरै देशमा परोपकारी काम गर्दै आएको छ। यस्तो सहयोगलाई भारतमा भने भाजपाले कांग्रेस नेता राहुल गान्धीसँग जोडेर ‘फायरिङ’ गरिरहेको छ।

नेपाल र एडीबीबीच २ परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भएको छ।

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी छनोटबारे सूचना माग गर्दै निवेदन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी छनोटका लागि तय आधार तथा मापदण्डबारे जानकारी माग गर्दै द्वन्द्वपीडितले निवेदन दिएका छन्।

तत्कालीन सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँसँग १८ रनले पराजित हुँदै लिग चरणबाट बाहिरियो लुम्बिनी

काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाट बाहिरिएको छ।

वायु प्रदूषणका कारण इरानमा विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

तेहरानमा वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

पाटनबाट चोरिएका बौद्ध सम्पदा भेटिए फ्रान्स र अस्ट्रेलियामा

पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।