AnonymousUser

Logout

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।

बजेट छर्ने शैलीबाट चल्नु हुँदैन,  स्रोत सुनिश्चित गरेर मात्र योजना छनोट गरौँ : अर्थमन्त्री

अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।

विदेश पढ्न जानेलाई सरकारले किन बन्द गर्‍यो एनओसी?

उच्च शिक्षाबाहेकमा विदेश पढ्न जानेलाई सरकारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन बन्द गरेपछि विद्यार्थी आन्दोलित छन्। एनओसी रोकेको सरकारले त्यससम्बन्धी निर्देशिका सार्वजनिक नगर्दा सरोकारवाला थप सशंकित छन्।

शायरीसँग मौन अवधि

एकथरी मान्छेहरू चाङ लागेको समस्याको समाधान खोज्दै‌ हुन्छन्। अर्कोथरी तिनै मान्छेलाई खोजी–खोजी तिनकै समस्या बेच्छन्, केही थान सपना त्यसमै थपेर। मान्छे उनका कुरामा बहकिन्छन्, चिप्लिन्छन्, चुन्छन्।

९ महिनामा झन्डै सवा लाख पर्यटक भक्तपुरमा, १३ करोड पर्यटन शुल्क संकलन

दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश : सिंहदरबारसहितका स्थानको फोहोर ३ दिनभित्र उठाउनू

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ।

कुशलको शतक र सन्दीपको कीर्तिमानी विकेटमा ओमानविरुद्ध नेपालको जित

एसीसी प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थपिए १०६ संक्रमित

शुक्रबार १ हजार ८८३ जनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

उपनिर्वाचन : सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना, अनुमतिबेगर गाडी चलाए कब्जामा लिन निर्देशन

निर्वाचन आयोगले आइतबार हुन लागेको उपनिर्वाचनमा आचारसंहिता प्रतिकूलका गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न सरोकारवालालाई निर्देशन दिएको छ।

सुडानको अर्धसैनिक बलद्वारा ७२ घण्टाका लागि युद्धविरामको घोषणा

सुडानको सेना र अर्धसैनिक बलबीच सात दिनयता जारी भिडन्तमा ३५० जनाको मृत्यु भएको छ।

वर्ष २०८० को पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।

सीडी रेसियो कायम नगर्ने र सहुलियत कर्जा दुरुपयोग गर्ने ९ बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

राष्ट्र बैंकले गत साउनदेखि चैत मसान्तसम्म तोकिएको सीडी रेसियो कायम नगरेका र सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेका ‘क’ वर्गका ९ बैंकलाई कारबाही गरेको छ।

पासाङल्हामुको संघर्ष देखाउने वृत्तचित्र सार्वजनिक

वृत्तचित्रमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी र आरोहणको संघर्ष देखाइएको छ। तत्कालीन समयका दृश्यले वृत्तचित्रलाई सशक्त बनाएको छ।

सन्दीपले बनाए कम ओडीआईमा १०० विकेटको कीर्तिमान

सन्दीपले ४२ ओडीआईमा १०० विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन्। यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए। सन्दीपले खेलेका पछिल्ला २८ ओडीआई सबैमा विकेट लिएका छन्।

आर्थिक मन्दीको मारमा साना व्यवसायी, खाली हुन थाले काठमाडौँका सटर

आर्थिक गतिविधि कम हुँदा त्यसको मारमा साना व्यवसायी पनि परेका छन्। काठमाडौँमा सटर भाडामा लिएर र फुटपाथमा व्यापार गर्नेहरू अहिले जिविका चलाउनै मुस्किल परिरहेको बताउँछन्।

कुशलको कीर्तिमानी शतकमा नेपालको इतिहासकै उच्च योगफल, ओमानलाई दियो ३११ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो।

ओडीआईमा कुशलको कीर्तिमानी शतक

कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेका थिए।

‘शेषराजगज’को स्याहारमा व्यस्त विमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।

ओडीआईमा कुशलको पाँचौँ अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।