AnonymousUser

Logout

प्रधानमन्त्रीको चीन भ्रमण: ऋणलाई अनुदानमा बदल्ने ‘नजिर बसाल्न’ तयार होला बेइजिङ?

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पोखरा विमानस्थलका लागि लिइएको चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयास नेपालले गरिरहँदा चिनियाँ राजदूतले ‘चिनियाँ ऋण अनुदानमा परिणत भएको नजिर नभएको’ बताएका छन्।

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्। 

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ।

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ: प्रधानमन्त्री

राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन्। 

हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न प्रधानमन्त्री ओलीको आग्रह

एशियाका दुई तिहाइ हिमाल पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ। 

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा जोड

राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकको जिम्मेवारी प्रकाशमानलाई 

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

टीआरसी विधेयक पारित भएकामा राष्ट्रसंघको स्वागत, नेपाललाई सघाउने प्रतिबद्धता

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक दुवै सदनबाट टीआरसी विधेयक पारित भएकामा त्यसको स्वागत गर्दै कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

नेपालमा मल कारखाना स्थापनामा चीनले सघाउने 

एक वर्षभित्र कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन तयार रहेको नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन्।

नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबै सदस्य राष्ट्रसँग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

‘राजदूत पदमा विशुद्ध कार्यकर्ता भर्ती किन?’ 

‘राज्यसत्ता र शासन प्रणाली नै फेरिए मात्रै एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारको दलगत संरचना हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको छ।’

सगरमाथा दिवसः बांग्लादेशमा तस्वीर प्रदर्शनी

ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो।

शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्र संघको सम्मान

राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।

सिड्स कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसासमेत गरे।

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

बिस्केकको परराष्ट्र मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।

दिगो विकासका लक्ष्य प्राप्तिमा स्विडेनले सघाउने

जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्विडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै छन्।

जापानी विदेशमन्त्री खामिखावा योको नेपालमा

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।