प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट पुगेका छन्।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रूपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ।
विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपछि घोषणापत्र जारी भएको हो।
पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्याफ्टिङको प्रवर्द्धन गरेको थियो।
सबैभन्दा बढी अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम नौ हजार ३५९ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।
पछिल्ला दुई दिनमा लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।