AnonymousUser

Logout

मंसिर १ देखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालनमा आउने

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ हुने जानकारी दिएको हो। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अदालत पूर्ण रूपमा जलेको थियो।

नाबालिग बलात्कारका ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी

नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।

संसद् विघटन विरुद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

थला पर्‍यो न्यायालय: न मुद्दाका मिसिल, न इजलास बस्ने ठाउँ

जेन–जी आन्दोलनका क्रममा भएको विध्वंसले थला परेको मुलुकको सर्वोच्च न्यायालय एक महिनापछि पनि मुद्दाको सुनुवाइमा फर्कन सकेको छैन। अदालतमा इजलास बस्ने ठाउँ छैन, हजारौँ मुद्दाका मिसिल नै छैनन्।

उच्च र जिल्लाका २१० न्यायाधीशको सरुवा, विशेषका न्यायाधीश पनि फेरिए (सूचीसहित)

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।

उच्च अदालतमा न्यायाधीश नियुक्ति: समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएको आरोप

कानून व्यवसायी र राजनीतिक विश्लेषकले उच्च अदालतमा न्यायाधीश नियुक्ति संविधानको मर्मविपरीत भएको टिप्पणी गरेका छन् भने नेपाल बार एसोसिएसनले पनि प्रेस विज्ञप्ति जारी गरी यसप्रति असहमति जनाएको छ।

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस

न्याय परिषद्ले विभिन्न उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति र पदस्थापन सिफारिस गर्ने निर्णय गरेको छ।

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दायर भएको छ।

वारेस राख्न अनुमति माग्दै माधव नेपालले दिएको निवेदन विशेष अदालतद्वारा अस्वीकृत

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग सम्बन्धित १८ करोड ५८ लाख बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दामा वारेस राख्न दिएको निवेदन विशेष अदालतले अस्वीकृत गरेको छ।

सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको मुख्य रजिस्ट्रारसहित विभिन्न पदमा नियुक्ति सिफारिस गरेको हो।

वाइडबडी घोटाला

अख्तियारलाई विशेष अदालतको प्रश्न– आफ्नै प्रमुख आयुक्त र नेवानि कार्यकारी अध्यक्षलाई मुद्दा किन चलाइएन?

वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ।

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ।

सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको जिकिर- ‘आलमलाई सफाइ दिने फैसला मनोगत तर्कमा आधारित’

आलमलाई सफाइ दिने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेसँगै यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतबाट हुने भएको छ।

आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ता सर्वोच्चमा

आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाविरुद्ध  पुनरावेदन पत्र लिएर शुक्रबार महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो।

विकल–सुनील जुगलबन्दीः रजगजदेखि जेलसम्म

इन्जिनियरिङमा ‘गोल्ड मेडलिस्ट’ सुनीलले अर्का पौडेल थरकै इन्जिनियर विकललाई गाइड बनाए। फिलहाल सुनील गुरुतुल्य विकलसहित २७ महिनादेखि खोरमा छन्, उनीहरूविरुद्ध मुद्दा उपर मुद्दा र दण्डित हुने दौर जारी छ।

आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने

राैतहट बम काण्डमा जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका आलमलाई उच्च अदालतले सफाइ दिने फैसला सुनाएको थियो।

विशेष अदालतले पायो आईएसओको प्रमाणपत्र

विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ।

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको गरी चार जनाको नाम अनुमोदन गरेको छ।

मध्यरातको फैसला: उही अध्यादेश, तर दुई चरणको नियुक्तिमा दुईथरी ठहर 

संवैधानिक निकायका ५२ मध्ये ३२ पदाधिकारीको नियुक्ति बदर हुने फरक राय लेखेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले उही अध्यादेशबाट भएको २० पदाधिकारी नियुक्तिलाई भने संविधानसम्मत ठहर्‍याए, किन?

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्चबाट खारेज, नियुक्ति सदर

तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको रायबाट खारेज गरिदिएको छ। योसँगै उनीहरूको नियुक्ति सदर भएको छ।