व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ। खाद्य सामग्रीकै निमित्त पनि देश आयातित वस्तुमा निर्भर हुँदै छ। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने समाचार प्रसारण हुनासाथ नेपाली बजारमा चामलको हाहाकार मच्चिन्छ।
बैंकमा पैसा छ, तर ऋण लिनेको अभाव छ। सरकारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। मजदुरहरू रोजगारीका निमित्त भौँतारिरहेका छन्। निर्माण कार्य ठप्प छन्।
वर्षायाममा बाहेक बागमती, विष्णुमती तथा मनहराजस्ता नदीनालामा बग्ने पानी कन्चन हुने गर्थ्यो, धेरै परबाटै पानीभित्र माछा नाचिरहेका देखिन्थे। पुस–माघभरि नदीका वरपरको वातावरण अन्यत्रभन्दा चिसो हुन्थ्यो।
कुनै कालखण्डमा इस्पात, एल्मुनियम, विद्युतीय उपकरण आदिमा वर्चस्व कायम गरेका अमेरिकी उद्योग अहिले टाट पल्टेर बन्द भएका छन्। त्यसो हुँदाहुँदै पनि विगत ५ दशकमा सबैभन्दा न्यून बेरोजगारी छ अमेरिकामा।
जबसम्म लगानीकर्तालाई उसको लगानीको प्रतिफल सुनिश्चित हुँदैन तथा लगानी फिर्ता लान पाउने ग्यारेन्टी हुँदैन, तबसम्म नेपालमा लगानीकर्ता भित्रने कुरा मृगतृष्णा नै हुन्छ।
पञ्चायतको पतन हुनाका धेरै कारण होलान् तर विश्वव्यापी लोकतान्त्रिक लहर एक हो। बर्लिन पर्खाल भत्काइनु, पूर्वी युरोपका कम्युनिस्ट शासनको पतन र सोभियत युनियन विघटनलगायत घटनाले उत्प्रेरकको भूमिका खेले।
स्थानीयस्तरमा हुने सीमित विकास निर्माणबाहेक बाँकी सबै काम वैदेशिक सहयोग तथा ऋणमा निर्भर छन्। नेपाली अर्थतन्त्रको चारित्रिक विशेषता नै हो याे।
उमेर ढल्केका पाँचै नेताले देश हितका निमित्त सहकार्य गर्न अग्रसर हुने हो भने थापाको नेतृत्वमा बहुदलीय–राष्ट्रिय सरकार निर्माण गर्ने यो अवसर हो यो।