काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवन वडा कार्यालयकै लापरबाहीले डेढ वर्षदेखि अलपत्र छ। भवन निर्माण थालिएको चार वर्षपछि वडाध्यक्ष कुश ढकालले नक्सापास नगर्नु कमजोरी भएको बताएका छन्।
खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।
अनुगमनमा कडाइ गर्दै निजी अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य बीमा कार्यक्रमका लागि समन्वय गर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन्।
आवासीय चिकित्सकहरूमाथि भइरहेको शोषणका विरुद्ध विगत १३ दिनदेखि लडिरहेका उनी अस्पतालले निलम्बन फिर्ता लिएसँगै काममा फर्किएका छन्।
धोबीखोला करिडोरमा हिँड्दाहिँड्दै फुटपाथ नै हराउँछ। विद्युत् प्राधिकरणले राखेका ‘क्याबिनेट बक्स’का कारण पैदलयात्रु चेपिएर हिँड्नुपर्छ। अपांगता भएका र ज्येष्ठ नागरिकका लागि पैदलयात्रा जोखिमपूर्ण हुन्छ।
केयूले आवासीय चिकित्सकको निलम्बन फिर्ता गर्न निर्देशन दिए पनि केएमसी अस्पतालले निर्देशनको अवज्ञा गर्दै अस्पतालमा प्रवेश दिएको छैन।