AnonymousUser

Logout

कतारविरुद्ध उजागर भो धर्मराएको नेपाली ब्याटिङ, आशा सुधारको

'स्थिति कहिलेकाहीँ अनुकूल हुँदैन। त्यसैले यसलाई म ठूलो चुनौतीका रूपमा लिन चाहन्नँ। सबै कुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ। आजको खेलले मलाई नयाँ कुरा सिकायो,' प्रशिक्षक देसाईले भने।

बलियो प्रतिस्पर्धीमाझ आत्मविश्वासी नेपाली टोली

“हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” कप्तान रोहित भन्छन्।

फुटबलमा अन्धकारः रोकियो ‘बी’ डिभिजन लिग, एन्फासँग छैन जवाफ

एन्फाले दुईपटक तोकिएको मितिमा पनि ‘बी’ डिभिजन लिग गर्न सकेन र नयाँ मितिसमेत घोषणा गरेको छैन। ‘बी’ डिभिजन लिग नभए ‘ए’ डिभिजन पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू फुटबल अन्धकारमा पुग्ने बताउँछन्।

एसीसी प्रिमियर कप : नेपाललाई घरेलु मैदानको ‘एड्भान्टेज’

प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।

मूलपानी रंगशालामा मैदानलाई ठिक्क छ जग्गा, जबर्जस्ती प्यारापेट बनाए हुँदैन क्रिकेट

आईसीसीको नियमअनुसार मूलपानीमा निर्माणाधीन तल्लो मैदानमा ‘बाउन्ड्री लाइन’ ठिक्क हुन्छ। त्यसलाई समेत मिचेर प्यारापेट बनाइयो भने अन्तर्राष्ट्रिय क्रिकेटको मापदण्ड नै पुग्दैन।

४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

विश्वकपमा छनोट भइसकेको भियतनामविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाल

प्रशिक्षक अनन्तराज थापा नेपाली टोलीले विश्वकप खेल्न लागेको भियतनाममाथि जित हात पार्दै सुखद नतिजा निकाल्नेमा आशावादी छन्।

इतिहास भुलेको पुलिसलाई रेलिगेशनको डर!

पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।

के प्रशिक्षक एनिसले राष्ट्रिय टोलीलाई लयमा फर्काएका हुन्?

प्रशिक्षक एनिसको नेतृत्वमा नेपालले अपराजित रहँदै थ्री नेसन्स कपको उपाधि जितेको छ। तर यो जितबाट न प्रशिक्षक एनिस खुशी छन्,  न त फुटबल जानकारहरूले नै ठूलो महत्त्व दिएका छन्।

बेसबल जोगाउन जो १५ वर्षदेखि बिनातलब प्रशिक्षण दिइरहेछन्

धेरैले थाहा नभएको विषय हो, नेपालसँग पनि बेसबलको राष्ट्रिय टिम छ र त्यसका अधिकांश सदस्य पहिला फुटबल खेलाडी थिए। ती खेलाडीलाई बेसबल सिकाएर राष्ट्रिय टिमसम्म पुर्‍याउने काम रोशन थापाले गरिरहेका छन्।

खेलाडीले घोषणा गरिएको पुरस्कार नै पाएका छैनन्, एन्फा पदाधिकारीलाई भने तलब 

अखिल नेपाल फुटबल संघको नेतृत्व खेल विकास र खेलाडीको हितभन्दा आफ्नो लाभमा मस्त रहेको दृष्टान्त हो– विधान मिचेर पदाधिकारीलाई दिन थालिएको तलब। जबकि, खेलाडीले वर्षौंदखि घोषित पुरस्कार नै पाएका छैनन्।

राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी, पुरानो लय समात्ने चुनौतीमा एनिस

खेलाडीहरूको विदेश पलायनले सन्तुलन बिग्रिएको नेपाली फुटबल टोली सम्हाल्न आइपुगेका इटालियन प्रशिक्षक एनिससामु नयाँ खेलाडीलाई प्रशिक्षित गर्दै फुटबलको पुरानै लय समात्ने चुनौती छ।

लिग–२ मा नेपालको यात्रा : अन्तिम १२ खेलले बदल्यो क्रिकेटको बाटो

लिग–२ मा प्रशिक्षकहरूले ब्याटिङमा ३२ र बलिङमा १९ खेलाडीलाई मौका दिए पनि प्रदर्शन खस्किएको थियो। २४ खेल सकिँदा पाँचौँ स्थानमा भएको नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जितेपछि भविष्यको बाटो नै बदलिएको छ।

एनिसको लक्ष्य आक्रामक फुटबल, तर रित्तिएको राष्ट्रिय टोली पुनर्गठनमै चुनौती

राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक एनिस नेपालमा पनि आफ्नो आक्रामक फुटबल शैलीलाई निरन्तरता दिने बताउँछन्। तर झन्डै ४० फुटबलर विदेश पलायन हुँदा नयाँ खेलाडीको खोजी उनका लागि चुनौतीपूर्ण हुनेछ।

माेन्टी देसाईले नेपाली क्रिकेटमा फर्काएको आत्मविश्वास

मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।

लगानी दैनिक १०० रुपैयाँ, लक्ष्य एशियाडमा स्वर्ण!

साउदी अरबमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा सिर्जनाले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन्। चीनमा हुने एशियाडमा पनि उनको लक्ष्य स्वर्ण नै छ।

भरपर्दा ओपनर आसिफ: १ हजार रन कटाएकै दिन डेब्यु शतक

सन् २०२१ सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेर ३२ ओडीआई खेलेका आसिफले एक हजार रन पार गरेकै दिन शतकीय इनिङ्स खेलेका छन्। उनी हजार रनको आँकडा पार गर्ने दोस्रो र शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने।

फुटबलर पलायनको सकस : ‘ए’ डिभिजन लिगबाट हुँदैछ राष्ट्रिय टोलीमा पुग्ने स्टार खेलाडीको खोजी

पछिल्लो समय भएका फुटबल प्रतियोगितामा नयाँ खेलाडीको बाहुल्य छ। राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु प्रतियोगितामा छाप छाडेका करिब ४० फुटबल खेलाडी अष्ट्रेलिया पुगेपछि क्लबहरू नयाँ खेलाडीको भरमा छन्।

उमेर समूहमा लय फर्किएको क्रिकेट

सन् २००२ मा श्रीलंकामा आयोजित यू-१९ विश्वकपमा पहिलोपटक खेलेको नेपालले त्यसपछि सातपटक छनोट चरण पार गरेको थियो। सन् २०१६ यता बाधक बन्दै आएको यूएईलाई पन्छाउँदै नेपाल आठ वर्षपछि विश्वकपमा भाग लिँदैछ।

टिममा परे क्रिकेटर, नभए ‘लाहुरे’ बन्न हिँडेका उत्तम

आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।