शुक्रबार राति भएको खेलमा अल–नासरले अल–ओखदुदलाई ३–० ले पराजित गरेको छ।
मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
हमासले इजरायल, थाइल्यान्ड र फिलिपिन्सका गरी २४ बन्धकलाई रिहा गरेको छ।
माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना, निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को, दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा ‘कार्ड’सहित यो साता यी खबले बनाए ‘हेडलाइन’।
शुक्रबार सम्पन्न खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ् इलाम डी मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भ्रातृ संगठन युवा संघबीच चलेको 'जुँगाको लडाईं'ले हिजो र आज राजधानीका केही भेग अस्तव्यस्त रहे। 'आन्दोलनकर्ता'ले काठमान्डौ पुरै ठप्प पारीदिने लगायत व्यवस्थै परिवर्तन हुनेसम्मका उँचा वाचा गरेपनी छिट्पुट घटना बाहेक काठमान्डौ चलिर…
नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस भएको छ।
चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यस्तै १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ।
जाजरकोट भूकम्पबाट प्रभावित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन सरोकारवालाले गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतले माइतीघर–नयाँ बानेश्वरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताइन्।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ अगाडि बढेको टिप्पणी गरे।
यस्तो सुविधाले बँदेलबाट बालिनाली जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।
कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिएको छ।
समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामको निगरानी गर्ने, प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामसमेत गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशका सम्बन्धमा उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट पारित भएको छ।
तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।