नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएको शर्माको भनाइ छ।
मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या सधैँ धेरै हुने तर यो वर्ष अहिलेसम्मकै धेरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले बताए।
प्रतिनिधिसभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो।
यसअघि बुधबार बिहान संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो।
इजरायल र हमासबीच जारी युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।
हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको हो।
नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।
यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।
बुधबार बसेकाे समितिको बैठकमा प्रधानसेनापति शर्माले निर्माण कार्य ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार रहेको बताए।
आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखहरूलाई पनि विभिन्न ४६ वटा सुझाव दिएको छ।
डलर साट्ने नाममा लुटपाटका घटना भएको जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। लुटपाटमा सक्रिय रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको छ।
रुख उपयोग गर्न नपाइने भए वन ४५ प्रतिशतबाट ५० प्रतिशत पुर्याउनुको अर्थ नहुने भन्दै मन्त्री महतोले अहिलेको वन ऐनबाट नेपालको विकास हुन नसक्ने दाबी गरे।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य उद्योगले प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय गरेको छ। त्यसमा सरकारले ७० रुपैयाँ अनुदान दिने र किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ मूल्य प्राप्त गर्नेछन्।
भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले अनुमोदन गरेको छ।
मंगलबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ रहेको सुन बुधबार एक लाख १९ हजार रुपैयाँ पुगेको छ।
दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक हेटौँडाका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको छ।
फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।
भूकम्पबाट एक हजार ५५३ गोठ भत्किँदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई, बाख्रा, भैँसी, बंगुरलगायत ५१३ पशु चौपायाको मृत्युले दुई करोड ५० लाखको क्षति भएको छ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।