AnonymousUser

Logout

रुबी खान र सरकारबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

सरकारसँग तीनबुँदे सहमतिसँगै आन्दोलनरत रुबी खान समूहले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ।

चितवनमा तिहारलक्षित फूलखेती गर्ने किसानको संख्या घट्यो

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो। अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ।

नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नाइम कासेम बने हिजबुल्लाहको नयाँ प्रमुख

हिजबुल्लाहले इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा नाइम कासेमलाई छनोट गरेको छ।

इजरायलले पारित गर्‍यो यूएनआरडब्लूएलाई प्रतिबन्धित गर्ने कानून

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसंघीय राहत र कार्य एजेन्सीलाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको छ।

बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरिरहेको छ।

प्रतितोला १ लाख ६८ हजार ५०० पुग्यो सुनको मूल्य

छापावाल सुन मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै बढी मूल्य हो।

कागबेनीमा पितृतर्पण गर्नेको श्रद्धालुको घुइँचो

मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ।

विपद्‌को १ महिना: काभ्रेमा क्षतिको पूर्ण विवरण संकलन हुन सकेन

काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो। ६ जना अझै बेपत्ता र ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा मलेसियनसहित ४ जना पक्राउ

उनीहरूले रोजगारीका लागि कतार पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।

स्पेनका रोड्रीले जिते बालोन डी’ओर अवार्ड

रोड्रीले रियल मड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका हुन्। रियलकै मिडफिल्डर बेलिंघम तेस्रो भए। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

नेपाल र भारतबीचको खेल हेर्न रंगशालाको क्षमताभन्दा बढी दर्शक भएका र खेलाडी एवं दर्शकको सुरक्षार्थ तत्कालका लागि टिकट बिक्री स्थगित गरिएको एन्फाको भनाइ छ‍।

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। 

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि शुरू हुँदैछ।

१ सातामा दोस्रो पटक विमानमा बम राखिएको हल्ला

प्रहरीले काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि जाँच भइरहेको तर हालसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।

एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गाबारे लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले एमालेले भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिएको भनिएको जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

तिहारमा २ लाख मखमली माला निर्यात हुने

एसोसिएसनका अध्यक्ष दिलीप बादेले अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा मखमली फूलको मालाको माग भएको बताए।

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा मध्यपूर्व द्वन्द्वको समीक्षा

राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेनालाई हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। 

नेप्से परिसूचक २७ अंकले बढ्यो, ५ अर्ब ३४ करोडको कारोबार

सोमबारको कारोबारमा नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा पुगेको छ।