AnonymousUser

Logout

काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।

उच्च शिक्षामा महिलाको पहुँच बढाउन मधेशमा छोरीलाई छात्रवृत्ति

प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको छ। उच्चशिक्षा पढ्न यसपालि तोकिएका चार समूहभित्रका ६०० छात्राले यो अवसर पाउने छन्।

तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली रहने

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ। 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख ठगी आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

पनौतीद्वारा बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट

पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।

माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का बाँकी निर्णय

सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।

अमेरिकाको न्यु अर्लिन्समा गाडीले किचेर १० जनाको मृत्यु, दर्जनाैँ घाइते

यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै हातका औँला

आफन्तको हिरा कम्पनीमा कम्प्युटर अपरेटरको जागिर गर्दै आएका ती युवकले आफूले जागिर छाड्ने कुरा बताउन नसक्दा आत्मघाती निर्णयमा पुगेका हुन्।

नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

आज तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।

नेपालमा होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार

राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार ७४७ रहेको छ।

रचनाका लागि २५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

नेपालयले रचनाका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।

भारत लखनऊको होटलमा आमा र ४ छोरी मृत भेटिए, छोरा पक्राउ

घरायसी विवादका कारण एक युवकले आमा र ४ बहिनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परराष्ट्रमा हवाई टिकटसेवा ‘काबु बाहिर’ 

विभिन्न मुलुकका कूटनीतिक नियोगमा जिम्मेवारी लिएर जान लागेका नेपाली राजदूत तथा कूटनीतिक कर्मचारीले पनि हवाई टिकट मिलान तथा रुट निर्धारणमा कठिनाइ बेहोर्दै आएका छन्। 

उमाकुण्ड गाउँपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक 

जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। 

सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बसले थिचेको थियो।

तराईका अधिकांश स्थानमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम  सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ८ र आन्तरिक १३ प्रतिशतले बढ्यो

नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ।

रत्ननगरमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, ५ घाइते

रत्ननगरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, अब नमूना भारत पुर्‍याउनुपर्ने बाध्यता हट्ने

स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।