AnonymousUser

Logout

तिब्बत भूकम्प अपडेट : १२६ जनाको मृत्यु, हजारौँ भवनमा क्षति

तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ भने अन्य १८८ जना घाइते भएका छन्।

मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ

सीआईबीले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।

बार अध्यक्षविरुद्धको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ।

नेवानिको अवस्था सुधार्न व्यवस्थापन करारमा जानुपर्ने सांसदहरूको सुझाव

फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सहकारीपीडितले सार्वजनिक गरे‍ १६ बुँदे सुझावपत्र

सहकारीपीडितले सरकारले समस्या समाधानभन्दा पनि सहकारी ठगीमा संलग्नलाई बचाउने उद्देश्यसाथ सहकारी अध्यादेश ल्याएको आरोप लगाएका छन्।

दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा हुने

भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ३८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।

चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० घाइते

चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीतिको मस्यौदा तयार

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।

चीन भूकम्प: नेपालमा कहाँ–कहाँ भयो क्षति?

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भूकम्पबाट चीनमा कम्तीमा ३२ जनाको मृत्यु, ३८ घाइते

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा मापन गरिएको छ।

काठमाडौँमा भूकम्पको धक्का 

काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्।

पहाडी र तराई भूभागमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिर्तामोडका पूर्व‍प्रमुख जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा

झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनू : सर्वोच्च

फैसलामा व्यक्तिगत सूचनामा अनधिकृत पहुँचले व्यक्तिको गोपनीयताको हक, वैयक्तिक स्वतन्त्रताको हक, सम्मानपूर्वक बाँच्न पाउनेकजस्ता मौलिक हकसम्बन्धी संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन हुने उल्लेख छ।

सार्वजनिक यातायातको भाडादर ३.३० प्रतिशतसम्म बढ्यो

यातायात व्यवस्था विभागले राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर ३.३० प्रतिशतसम्म बढाएको छ।

जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।