सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै स्थानीय दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक भारतीय नागरिकको शव पाँच दिनपछि फेला परेको छ।
माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगे टोलका १३ किसानले समूह गठन गरेर व्यावसायिक रूपमा वनतरुलखेती शुरू गरेका हुन्। उनीहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी जमिन भाडामा लिएका छन्।
हेटौँडा औद्योगिक क्षेत्रको १६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार ३०० टन धागो र एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो।
‘साहस’मा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। निर्माणमा हालसम्म १५ प्रतिशत मात्र प्रगति भएको छ।
पीडित परिवारले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ।
शिक्षाविद् डा. एचपी छेत्रीले ‘द एथनिक क्वेस्ट’मा सिक्किम र दार्जिलिङका मूलवासी समुदायको इतिहास, सांस्कृतिक सम्पदा र पहिचानको अन्वेषण गरेका छन्।
साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गइरहेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने बताएका छन्।
महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।
खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिना र पानीले मकैबालीमा बढी क्षति पुगेको छ।
थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।
भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।
प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकामा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ।