AnonymousUser

Logout

अस्ट्रेलियामा सर्भर राखेर कर छली, करिब १ अर्ब ३७ करोडको मागदाबीसहित मुद्दा दायर

तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिले बिक्री आय लुकाएर ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको दाबी छ।

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

पहिरोका कारण गुल्मीअन्तर्गत कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, १३ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको हो।

इजरायलमा रहेका नेपालीको सुरक्षा अवस्थाबारे राजदूत बासद्वारा परराष्ट्रमन्त्रीलाई जानकारी

परराष्ट्र मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ।

जेब्राक्रसमै आएर रोकिन्छन् गाडी, पैदलयात्रीलाई बाटो काट्नै सकस (तस्वीरहरू)

कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्राक्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत दृश्य देख्न पाइन्छ।

त्रिदेशीय टी–२० शृंखलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। यो खेल नेपाली समयानुसार आज साँझ ७ः४५ बजे शुरू हुनेछ।

ट्रम्पले भने– भारत र पाकिस्तान जस्तै इरान–इजरायलबीच पनि सम्झौता गर्न सक्छु

उनले युद्ध रोक्न आफूले धेरै प्रयास गरे पनि यसको श्रेय नमिल्ने भन्दै गुनासो पोखेका छन्। उनले भनेका छन्, 'म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ मानिसहरूले त्यो बुझ्छन्।'

देशका यी भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

आगामी आर्थिक वर्षका लागि कुन प्रदेशको कति बजेट?

सातमध्ये ६ वटा प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका छन्।

पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोगले समाचारका विषयलाई लिएर पत्रकारलाई लक्षित गरी भइरहेका धम्की, दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको माओवादी केन्द्र, कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।

कोशी प्रदेशले ल्यायो करिब ३६ अर्बको बजेट

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।

आर्थिक वर्ष सकिन १ महिना बाँकी छँदा विकास खर्च ४० प्रतिशत मात्र

असारे विकास भनेर आलोचित हुँदै आएको सरकारलाई आवको अन्त्यको खर्च रोक्न महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमार्फत सुझाव दिँदै आएको छ तर असारमा नै अधिक खर्च हुने प्रवृत्ति रोकिएको छैन।

नेप्से परिसूचक २६५५ अंकको विन्दुमा, ११ अर्बभन्दा बढीको कारोबार

आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा कायम भएको छ।

हेवाखोलामा बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण

सांसदले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएको ठाउँमा अर्को बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

रास्वपाको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

रास्वपाको नाराबाजी, राप्रपाको बैठक बहिष्कार र सत्ता पक्षका सांसदको न्यून उपस्थितिका कारण प्रतिनिधिसभामा अधिकांश कुर्सी खाली देखिएका छन्।

हेवा खोलाको बेलिब्रिज भाँचिएको घटनाबारे छानबिन गर्न समिति गठन

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ।

नोबेल विजेता लेखक मो यानका रचना नेपालीमा

पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो। 

भारतको केदारनाथ मन्दिर नजिकै हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

हेलिकप्टर देहरादुनबाट तीर्थयात्री बोकेर केदारनाथका लागि उडेको थियो। मृत्यु हुनेमा ६ जना तीर्थयात्री र एक पाइलट रहेका छन्।

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।