६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ परेकी छन्। सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।
मो. आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सर्वोच्चको परमादेश र प्रत्यक्षदर्शीका बयानलाई बेवास्ता गरी फैसला गरेको भन्दै न्याय परिषद्मा अर्को उजुरी परेको छ।
काठमाडौँ जिल्ला अदालतले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले जनाएको छ।
अख्तियारले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।
इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरूको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदले माग गरेका छन्।
कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू नजोडिएको भट्टको दाबी छ।
देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये कान्ति लोकपथ अहिले सबैभन्दा चल्तीको सडक हो।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्।
फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ।
हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।
इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशंकालाई बढावा दिएको छ। आक्रमणपछि विभिन्न देशहरूले कूटनीति र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।