पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर विकास गोलेले ६० जना मजदुरले १७ लाख ४० हजार रुपैयाँ पाउन बाँकी रहेको बताए।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका छन्।
नेकपा एमालेका अध्यक्ष तथा सांसद केपी शर्मा ओलीले सरकार बनाउने र भत्काउने षडयन्त्रमा नलाग्न आग्रह गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटै मात्रै दललाई पूर्ण विश्वास नगरेकाले सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टीका सांसदले जनतालाई दुःख दिने, अनियमितता तथा काण्डमा मुछिने काम नगर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्ने बताएका छन्।
नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ।
सुन आइतबार प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने बताएका छन्।
दिउँसो १ बजे बस्न लागेको संसद् बैठकमा सबै पार्टीका संसदीय दलका नेताले बोल्ने कार्यक्रम रहेको छ।
पूर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरू नयाँ राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वाविरुद्ध विरोध प्रदर्शन गर्दै संसद् तथा सर्वोच्च छिरेका हुन्।
सत्ता गठबन्धनले सातवटै प्रदेशको मुख्यमन्त्री, सभामुख तथा उपसभामुखको छिनोफानो गरेको छ।
राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ।
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
लोसपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।
'हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ।'
सोमबारबाट शुरू हुने संसद् अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।
राप्रपाको संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।