Wednesday, May 08, 2024

-->

बद्री पहाडी समाजसेवा पुरस्कार विष्णुमाया परियारलाई

फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले एक लाख १० हजार रुपैयाँको उक्त पुरस्कार डा.परियारलाई प्रदान गर्ने निर्णय गरेको छ।

बद्री पहाडी समाजसेवा पुरस्कार विष्णुमाया परियारलाई

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ अधिकारकर्मी डा. विष्णुमाया परियारलाई प्रदान गर्ने भएको छ। 

फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले डा.परियारलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ छ। डा.परियार साढे दुई दशकदेखि सामाजिक न्यायका लागि क्रियाशील छिन्। 

उनको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागले कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न गरेको छ ।

उनी अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान)का संस्थापक अध्यक्षसमेत हुन्। 


सम्बन्धित सामग्री