Wednesday, May 08, 2024

-->

कलेजो प्रत्यारोपण सर्जन भण्डारीले ल्याए ‘कसरी भनूँ म’

चिकित्सा पेसासँगै संगीतमा रुचि राखिरहने डा. भण्डारीले आफ्नै शब्द र स्वर समेटिएको ‘कसरी भनूँ म’ बोलको गीत भिडियोमार्फत् सार्वजनिक गरेका हुन्।

कलेजो प्रत्यारोपण सर्जन भण्डारीले ल्याए ‘कसरी भनूँ म’

काठमाडौँ– त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेशसिंह भण्डारीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

चिकित्सा पेसासँगै संगीतमा रुचि राखिरहने डा. भण्डारीले आफ्नै शब्द र स्वर समेटिएको ‘कसरी भनूँ म’ बोलको गीत भिडियोमार्फत् सार्वजनिक गरेका हुन्। 

गीतमा कम्पोजिसन उनी आफैले गरेका छन्। 

अनिल कुमार मानन्धरले भिडियो निर्देशन गरेको गीतको एरेन्ज भने प्रदीप जोशीले गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरू गर्न नेतृत्त्वदायी भूमिका खेलेका डा. भण्डारीकै पहलमा १० जना बिरामीको सफल कलेजो प्रत्यारोपण भइसकेको छ। पछिल्लोपटक नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले मात्र प्रत्यायोजन सम्पन्न गरेको छ।

गीत संगीतका अभ्यासमा रमाउनुलाई आफ्नो ‘मेडिटेसन’ भन्ने गरेका डा. भण्डारीले यसअघि ‘तिम्रो नै माया लाग्छ नि’, ‘किन होला’, ‘मायालु भाका’ लगायतका गीत र म्युजिक भिडियो पनि ल्याएका थिए। 


सम्बन्धित सामग्री