Wednesday, May 08, 2024

-->

ग्रामी अवार्डको उत्कृष्ट एल्बम बन्यो टेलर स्विफ्टको ‘मिडनाइट्स’

टेलर स्विफ्ट, माइली साइरस, सेजा, बिली इलिसलगायत यस वर्षको ग्रामी अवार्डअन्तर्गत विभिन्न विधाका विजेता बनेका छन्।

ग्रामी अवार्डको उत्कृष्ट एल्बम बन्यो टेलर स्विफ्टको ‘मिडनाइट्स’
टेलर स्विफ्ट/ तस्वीर: रोयटर्स

टेलर स्विफ्ट, माइली साइरस, सेजा र बिली इलिस यस वर्षको ग्रामी अवार्डअन्तर्गत विभिन्न विधाका विजेता बनेका छन्। ग्रामी अवार्डको ६६औँ संस्करण आइतबार सम्पन्न भएको छ।

टेलर स्विफ्टको एल्बम ‘मिडनाइट्स’ उत्कृष्ट एल्बम बनेको छ। यसले ‘एल्बम अफ द इयर अवार्ड’ पाएको हो। साथै यो एल्बमले उत्कृष्ट भोकल एल्बमको अवार्ड पनि जितेको छ।

माइली साइरसको गीत ‘फ्लावर’ले ‘रेकर्ड अफ द इयर’को ग्रामी अवार्ड पाएको छ। यस्तै, यो वर्षको उत्कृष्ट गीतको अवार्ड भने ‘ह्वाट वज आइ मेड फर’ गीतका लागि बिली इलिशले पाएका छन्।

माइली साइरसको गीत ‘फ्लावर’लाई उत्कृष्ट पप सोलो पर्फमेन्सको लागि पनि ग्रामी दिइएको छ। सेजाफिबी ब्रिजर्सको ‘घोस्ट इन मेसिन’ गीतले उत्कृष्ट पप जोडीको लागि ग्रामी अवार्ड जितेको छ।

संगीत जगतको प्रतिष्ठित अवार्ड ग्रामी अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको छ। यस अवार्डमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको छ।
 


सम्बन्धित सामग्री