Thursday, May 09, 2024

-->

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

नगद एक लाख रुपैयाँ राशी रहेको पुरस्कार तथा सम्मान चैतमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिनेछ।

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

काठमाडौँ– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रसिद्ध साहित्य तथा संगीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ।

यसैगरी, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रदान गरिने भएको छ। हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो।

रसिकले नेपाली गीत–संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्धका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष टंक वनेमले बताए।

पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिकको नेपाली गीत–संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित छन्। 

यस्तै, लामो समयदेखि पत्रकारितामा संलग्न मेन्याङ्बो मुन्धुमी ज्ञानको खोज–अन्वेषणमा संलग्न छन्। सम्मान तथा पुरस्कारको राशि नगद एक लाख रुपैयाँ छ।

सम्मान तथा पुरस्कार चैत अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव चोक गुरुङले बताए।


सम्बन्धित सामग्री