Thursday, May 09, 2024

-->

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदान गरिने

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदान गरिने

काठमाडाैँ– भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.स. २०८० को लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरे र कवि करुणा राईलाई प्रदान गर्ने निर्णय गरेको छ। भोजपुरेलाई प्रतिभा सम्मान र राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कारको राशि ताम्रपत्रसहित ३५ हजार रुपैयाँ र सम्मानको राशि १५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ। संस्थाले यसअघि साहित्यकारहरू पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीबी लुगुन, शैलेन्द्र साकार, मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ।

यसैगरी कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लक ढकाल, कवि विमल गिरी, धावीका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भिषण मुकारुङ र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ।

यस वर्षको सम्मान र पुरस्कार २०८१ साल बैशाखमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ।


सम्बन्धित सामग्री