Wednesday, May 08, 2024

-->

क्यानडाको क्यालगरीमा गुन्जियो नेपथ्य

नेपथ्यको अन्तिम प्रस्तुति असोज २१ गते व्यापारिक शहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।

क्यानडाको क्यालगरीमा गुन्जियो नेपथ्य

काठमाडौँ– क्यानडामा नेपथ्यको पहिलो कन्सर्ट सम्पन्न भएको छ। 

सन् २०२२ मा ‘जीवन्त सहर’का लागि विश्वमा नै तेस्रो क्यालगरीमा भएको कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति थियो। अल्बर्टा राज्यका एडमन्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्यालीलगायत शहर र बस्तीबाट दर्शकहरू भेला भएका थिए। 

गायक अमृत गुरुङको टोलीले ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’लगायत गीत प्रस्तुत गरेको थियो। 

गायक अमृतले त्यसपछि ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’जस्ता गीतहरू सुनाए। 

“तपाईँहरूले विदेशमा कमाएको सीप, पैसा अनि मिहिनेतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,” गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भने, “नेपालमा सडक आश्रितको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवर्द्धनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानलाई अघि बढाउँदै आएको छ।”

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्र सूर्य’ सुनाइएको थियो।

“नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महसुस गरिरहेका छौँ,” स्थानीय आयोजक टोलीका जगदीश कँडेलले भने, “यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट उत्साहित छौँ।”

अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

ब्यान्डले अब बुधबार भ्यानकुभर शहरको ‘दी भोग थिएटर’मा आफूलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम प्रस्तुति आगामी


सम्बन्धित सामग्री