Wednesday, May 08, 2024

-->

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌मा २ सदस्य नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिक्षित पराजुली र हरिनाथ ढकाललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌ सदस्यमा नियुक्त गरेका हुन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌मा २ सदस्य नियुक्त

काठमाडौँ– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन्।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेका हुन्।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा कोष सञ्चालक परिषद्को सदस्य, मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था छ। ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य परिषद्‌मा नियुक्त गर्ने व्यवस्था छ। 

यस्तै, परिषद्‌मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह र भौतिक मन्त्रालयका सचिव, काठमाडौँ महानगरका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने छन्। 


सम्बन्धित सामग्री