Monday, April 29, 2024

-->
घोडेजात्रा
टुँडिखेलमा अश्वकला प्रदर्शन

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ। सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत टुँडिखेल पुगेका थिए। सो क्रममा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत प्रतिस्पर्धा गराइएको थियो भने सैनिक कुकुरको कौशल प्रस्तुत गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए। काठमाडौँ उपत्यकाका नेवार समुदायले चैत्र कृष्ण औँसी तिथिमा मनाइने घोडेजात्रालाई ठूलो चाडको रूपमा पनि मनाउने गर्दछन्। यस दिन विवाह भएर गएका आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन छ भने काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ या पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने पनि परम्परा छ। तस्वीर : कृष्पा श्रेष्ठ

प्रकाशित मिति: