Sunday, May 05, 2024

-->

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ। 


सम्बन्धित सामग्री