कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना शुरू भएको छ।
काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना शुरू भएको छ। शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना शुरू भएको हो।
प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ। क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ। निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ।
निकुञ्जमा जडान गरिएका क्यामेराले खिचेका तस्वीरमा बाघको पाटा तथा अन्य भाग हेरी यसैको आधारमा गणना गरिन्छ। निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ।
शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको अनुमान गरिएको छ।
पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ। थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घनत्व बढी भएकाले यहाँ बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
