कञ्चनपुर प्रशासनले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएको भन्दै नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा बहाव बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो।
उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिनेसम्बन्धी भारतीय पक्ष (एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला) बाट पत्राचार भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए।
भारतीय पक्षको सोही पत्राचारका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि बुधबार नै सूचना जारी गरी तटीय क्षेत्रका नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
