ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए। नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। सन्दीपले ६ ओभरमा ९ रन खर्चिए भने दीपेन्द्रले ६ ओभरमा ११ रन दिए। ललित राजवंशीले २ तथा रोहित पौडेलले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। ओमानविरुद्धको जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो। अब नेपालले शनिबार यूएईसँग फाइनल खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
