स्वास्थ्य बीमा बोर्डले भुक्तानी दाबीमा हुने त्रुटि र अस्वीकृत दर घटाउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनरावलोकन समिति गठन गरी मापदण्डबमोजिम मात्र दाबी प्रविष्ट गर्न आग्रह गरेको छ।
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बोर्डको मापदण्डबमोजिम आवश्यक कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ।
जथाभावी र मापदण्डविपरीत दाबी गर्ने क्रम बढेपछि बोर्डले स्वास्थ्य संस्थाहरूलाई आफ्नै स्तरमा एक समिति गठन गरी दाबीको पुनरावलोकन गर्न आग्रह गरेको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य संस्थाले पठाउने विवरणमा धेरै त्रुटि हुने गरेकाले त्यहीँबाटै पुनरावलोकन गरी पठाउन आग्रह गरिएको हो।
“स्वास्थ्य संस्थाबाट प्राप्त हुने विवरणमा धेरै समस्या देखिने गरेका छन्,” उनले भने, “संस्थाहरूले गर्ने दाबीको रकमलाई पुनः एकपटक सम्बन्धित अस्पतालमै रुजु गर्नका लागि समिति बनाउनुहुन हामीले आग्रह गरेका हौँ।”
सूचना अधिकारी मल्लले 'स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८०' अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रियालाई सहज बनाउन र अस्वीकृत हुने दर घटाउन यस्तो समितिको आवश्यकता रहेको बताए। बोर्डले तोकिएको मापदण्डअनुसार कागजात प्राप्त नभएमा त्यस्तो दाबीको भुक्तानी नगर्ने चेतावनीसमेत दिएको छ।
मल्लका अनुसार स्वास्थ्य बीमा बोर्डमा अहिले दैनिक १० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी पेश हुने गरेको छ। हालसम्म बोर्डले विभिन्न स्वास्थ्य संस्थालाई करिब १२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
