उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको अवसरमा २० जोडीले मित लगाएका छन्।
गोरखा– हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले निरन्तरता दिएको छ। उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको अवसरमा २० जोडीले मित लगाएका हुन्।
मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँलगायत जिल्लाबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन्। उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए।
“दुवैतर्फको चेलीबेटीले टीकाटालो गरी खादामाला लगाइदिन्छन्। अनि दुवैजनाले परस्पर बाहाँ जोडेर टीका लगाउने, पैसा साटासाट गर्छन्,” खत्रीले भने, “चेलीबेटीले तीन पटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ।” मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्छन्।
मेलाको अवसरमा विगत जस्तै यस वर्ष पनि मित लगाउने परम्परालाई निरन्तरता दिएको लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
