चाडपर्व तथा खेतीपातीका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।
कैलाली– चाडपर्व तथा खेतीपातीका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।
यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो संख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो। उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन्।
त्रिनगर सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन्।
“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मंगल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ।”
त्यस्तै, सोही नाकाबाट मुम्बईतर्फ लागेका चुरे गाउँपालिकाका झलक साउँदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फर्किएको बताए।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका नागरिक मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला शहर जाने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
