भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव र अंग पहिचानका लागि नेपाल प्रहरीले स्वदेश र विदेशमा रहेका आफन्तबाट डीएनए नमूना संकलनको प्रक्रिया शुरू गरेको छ।
काठमाडौँ– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अंग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ।
नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अंगको डीएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमूना उपलब्ध गराउनुपर्नेछ। त्यसका लागि महाराजगन्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ (डीएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्।
प्रहरीका अनुसार ‘डीएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अंगको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
